![]()
एजेन्सी । बलिउड नायिका करिना कपुरले बोल्ड फोटोसुट गरेपछि अहिले बलिउड पूरै तरंगित भएको छ । करिनाले एक म्यागेजिनका लागि फोटो सुट गरेकी हुन । उनको फोटोका बिषयमा सिने क्षेत्रमा मात्र नभइ युवाहरुकाबिचमा पनि चर्चाको बिषय बनेको छ ।

यसै महिना प्रकाशित हुने म्यागेजिनका लागि उनले फोटोसुट गराएकी हुन् । करिनाले भौ म्यागेजिनको कभर फोटो इन्स्टाग्राममा समेत सेयर गरेकी छिन् । करिना अहिले श्रीमान सैफ अलि खान र छोरा तैमुरको साथ छुट्टी मनाउन स्वीट्जरल्याण्ड पुगेकी छिन् ।
उनले अभिनय गरेको पछिल्लो फिल्म ‘वीर दी वेडिङ’ यही वर्ष रिलिज हुँदैछ । शशांक घोषले फिल्म निर्देशन गरेका छन् भने करिनाको साथमा सोनम कपुर, स्वरा भास्कर, सुमित ब्यासले अभिनय गरेका छन् ।


