Breaking News.... EverestOnlineKhabar
June 24, 2026

सत्ता हस्तान्तरण रोक्न देशी बिदेशी षडयन्त्र हुँदैछ : ओली

Loading

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगै केही स्वदेशी र विदेशी शक्तिहरु सत्ता हस्तान्तरण हुन नदिने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ । अंग्रेजी नयाँ बर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनमत विपरीत षडयन्त्र भैरहेकाले सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ ।

‘निर्वाचन मार्फत वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको वर्तमान सरकार अझै पनि सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा छ । देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इसारामा जनमतविरुद्ध जेजस्ता प्रयास भइरहेको छ। त्यो हामीलाई सह्य छैन। ‘ ओलीको बिज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष ओलीले निकट भविष्यमै सरकार बन्ने विश्वास व्यक्त गर्दै देशमा विकास र समृद्धको महाअभियान सुरु हुने जनाउनु भएको छ ।
अस्थिरताको चरणबाट देशलाई मुक्त गरी स्थिरता र विकासतर्फ लैजान नै वाम गठबन्धन निमार्ण भएको र त्यसलाई जनताले स्पष्ट बहुमतमार्फत अनुमोदन गरेको बताउँदै उहाँले सन् २०१८समृद्धि र विकासको ‘महाअभियान’ प्रारम्भ वर्ष हुने पनि उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed