Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउन माग गर्दै बालुवाटारमा धर्ना

Loading

काठमाडौं । धनकुटाबाट निर्वाचित नव सांसदहरुसहित त्यहाँका बासिन्दाले प्रदेश नम्बर एकको राजधानी धनकुटा बनाउन माग गर्दै प्रधानमन्त्री निवास धनकुटामा धर्ना दिएका छन । प्रादेशिक राजधानी निर्माण अभियान समितिले बालुवाटारमा घेराउ तथा धर्ना दिंदै राजधानी नतोके कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

भौतिक पूर्वधारकासाथै अन्र्तराष्टिय सिमाना र भौगोलिक समदुरीले पनि उपयुक्त रहेको भन्दै समितिले धनकुटालाई प्रदेश १ को राजधानी बनाउन माग गरेको हो ।

प्रदेशसभाका सांसद इन्द्रमणी पराजुली, कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, एमाले नेता धर्मराज पौडेल, अभियानका संयोजक उमेश घिमिरे लगायतले धनकुटालाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गरेका हुन ।

धर्नामा प्रदेश सभाका सांसदहरु लिला सुब्बा, आर सी तुम्वा, बिना राई, कुसुमकुमारी श्रेष्ठ लगायतको पनि सहभागिता थियो ।
धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रदेश १ का १४ वटै जिल्ला र काठमाडौंमा समेत गरी ७ लाख भन्दा बढीको हस्ताक्षर संकलन गरिएको र मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed