Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाडौ,पुस ।
बहुप्रतिक्षित र विवादको घेरामा रहेको राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश राष्ट्रपतिले जारी गरे पनि नयाँ सरकार गठनका लागि भने अझै करिब २ महिना पर्खनुपर्ने भएको छ । राष्ट्रपतिले अध्यादेश जारी गरे पनि राष्ट्रिय सभा सदस्यको चयन नहुँदासम्म प्रतिनिधिसभाले पूर्णता नपाउने संवैधानिक व्यवस्था रहेको भन्दै अहिले सरकार गठनको बाटो नभएको कांग्रेस नेताहरुको धारणा छ । प्रतिनिधिसभाले पूर्णता नपाएसम्म नयाँ सरकार गठन प्रक्रिया पनि अघि बढाउन नमिल्ने तर्क कानुनविद तथा नेताहरुको छ ।
तर एमालेकै नेताहरुले भने ठुलो दलको नेताको नेतृत्वमा सरकार गठनका लागि कानुन बाधक नबन्ने तर्क गर्दै त्यस्तो प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनसक्ने बताएका छन् । तर जारी भएको अध्यादेशको व्यवस्थाअनुसार अब सरकार गठन प्रक्रिया केही ढिलाइ भएको एमालेकै नेताहरु बताउँछन् ।
एमालेका एक प्रभावशाली नेताले भनेः‘निर्वाचन आयोगको चाहना पनि राष्ट्रिय सभाको परिणाम नआएसम्म नयाँ सरकार गठन गर्न मिल्दैन भन्ने देखियो, सरकारले पनि सोही अनुसारको अध्यादेश ल्याएको छ । जसले गर्दा सरकार गठन प्रक्रिया कम्तिमा पनि ५० दिन पर सरेको देखिन्छ । तर यो बीचमा राजनीतिक सहमति भयो भने गाठो फुकाउन सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed