Breaking News.... EverestOnlineKhabar
September 9, 2026

स्वर्गीय राजा विरेन्द्रविर विक्रम शाहको ७३ औँ जन्मजयन्ती आज

Loading

काठमाडौ,पुस ।
स्वर्गीय राजा विरेन्द्र शाहको ७३ औँ जन्मजयन्ती मनाईंदैछ । बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो ।
तत्कालीन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।
शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालीन राजा विरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.