Breaking News.... EverestOnlineKhabar
June 24, 2026

बीरगंजमा मधेशी दलका सांसद प्रचण्डसंग आक्रोशित, कुनै हालतमा ठोरी गाउँपालिका प्रदेश ३ मा गाभ्न नदिने चेतावनी

Loading

पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ को ठोरी गाउँपालिकालाई प्रदेश ३ मा गाभ्ने भनेर दिएको अभिव्यक्तिप्रति बीरगंजका नवनिर्वाचित सांसदहरुले आक्रोश व्यक्त गरेका छन ।

बीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘अलिकति प्राकृतिक स्रोत साधन भएको त्यस ठाउँलाई पनि लैजाने प्रचण्ड जीले भन्नु भइरहेको छ, हामीसंग उहाँले केही नछाड्ने ?’

कर्ण ठोरी गाउँपालिका भएको क्षेत्र पर्सा ४ बाट निर्वाचित भएका हुन । कर्णले भने, ‘ठोरी प्रदेश ३ मा जांदैन । हामीले त छोडेर निस्किसकेका थियौं, प्रचण्ड जीहरुले लेखेको संविधान हो, उहाँहरुले लेख्नु भएको यो संविधानमा क्षेत्र परिवर्तन यति धेरै कठिन छ की प्रचण्ड जी तीन जन्म लिंदा पनि हुन्न ।’

त्यस्तै, सांसद प्रदीप यादवले ठोरी भुभागलाई कुनै पनि हालतमा काटेर अयन्त्र गाभ्न नपाइने बताए । उनले भने, ‘पुष्पकमल जीले भनिरहेका छन् ठोरीलाई प्रदेश ३ मा लैजाने कुरा, त्यस्तै छ भने जाने मानिसलाई उनी लैजान सक्छन, रोक्दैनौं । भुभाग कुनै पनि हालतमा जाँदैन । ’

फोरम नेपालका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य लालबाबु राउत, पर्सा ३ बाट जितेका साँसद हरिनारायण रौनियार लगायतले पनि प्रचण्डको अभिव्यक्तिको निन्दा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed