Breaking News.... EverestOnlineKhabar
June 25, 2026

जेलमा रहेका पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजीमोरी अस्पताल भर्ना

Loading

बिबिसि । पेरुका पूर्वराष्ट्रपति ७९ बर्षीय अल्बर्टो फुजीमोरी अस्पताल भर्ना भएका छन् । न्यून रक्तचाप र मुटुको चालमा गडबड भई अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । फुजीमोरी सन् १९९० देखि सन् २००० सम्म पेरुको  सत्तामा थिए ।

सत्तामा रहँदा उनले मानव अधिकार हनन् गरेको अभियोगमा २५ वर्षको जेल सजाय तोकिएको थियो । सन् २००७ मा सत्ताको दुरुपयोग गरेको आरोपमा ६ बर्षको जेल सजाय पाएका फुजीमोरीलाई सन् २००९ मा पुनः मानवअधिकार हननको आभियोगमा २५ वर्षको जेल सजाय तोकिएको हो ।

उपचारका लागि फुजीमोरीलाई कारागारबाटै अस्पताल लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed