![]()
धनुषा । नेपाली काग्रेसका नेता बिमलेन्द्र निधिले बामगठवन्धनका गतिविधि अधिनायकवाद उन्मुख रहेको टिप्पणी गरेका छन ।
जनकपुरमा आयोजित रामनारायण मिश्रको स्मृति सभालाई सम्बोधन गर्दै नेता निधिले निर्वाचन सम्पन्न भए लगत्तै जुन हिसाबले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तुत भैरहेका छन त्यसले अधिनायकवादको खतरा देखिएको बताए ।
उनले कम्युनिष्ट साम्यवादीहरु प्रजातन्त्रवादी हुनै नसक्ने तर्क गर्दै तानाशाही व्यवस्थाप्रति सचेत रहन सबैलाई आग्रह गरे ।
नेता निधिले लोकतन्त्रमाथि आईपर्ने खतराको डटेर मुकाविला गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।


