Breaking News.... EverestOnlineKhabar
June 24, 2026

कोपा इटालिया फुटबलः युभेन्टस् क्वाटरफाइनलमा

Loading

एजेन्सी,पौष ।
युभेन्टस कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा जेनोआलाई २–० ले हराउँदै युभेन्टसले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । युभेन्टसको जितमा पाउलो डिबाला र गोन्जालो हेगुइनले गोल गरे ।
४२ औं मिनेटमा डिबालाको गोलबाट युभेन्टसले अग्रता लिएको हो । इटालियन सिरी ए का पछिल्ला चार खेलमा गोल नगरेका डिबालले पछिल्लो एक महिनामा गरेको यो पहिलो गोल हो । पहिलो हाफमा गोल गरेका डिबालाले ७६ औं मिनेटमा हेगुइनलाई गोलका लागि सहयोग गरे ।
हेगुइनको गोलपछि युभेन्टस २–० ले विजयी भयो । क्वाटरफाइनलमा युभेन्टसले छिमेकी क्लब टोरिनोसँग प्रतिस्पर्धा गर्नेछ । टोरिनो रोमालाई २–१ ले हराउँदै अन्तिम ८ मा पुगेको हो । यस्तै क्वाटरफाइनलमा एसी मिलानले इन्टर मिलान, लाजिओ र फिओरेन्टिना तथा नापोलीले एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed