Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एमालेलाई तीनवटै पद दिन नसकिने माओवादीको निष्कर्षपछि राजनीतिक बृत्तमा तरङ्ग

Loading

काठमाडौ,पौष ।
नेकपा माओवादी केन्द्रले तीनवटै पद नेकपा एमालेलाई दिएर पार्टी एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले यस्तो निष्कर्ष निकाल्दै सरकार गठनभन्दा अघि नै पार्टी एकता नभए त्यसपछि एकता प्रक्रिया नै भाँडिन सक्ने आशंका गरेको छ । माओवादी बैठकले सरकार गठनभन्दा पनि पार्टी एकतालाई बढी जोड दिएको छ ।
बैठकमा चुनावी तालमेलका बेला भएको सहमतिअनुसार नै पार्टी एकताको सुनिश्चिततापछि सरकार गठनको प्रक्रियालाई अघि बढाउन जोड दिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनले ६० प्रतिशत ठाउँमा पार्टीले उमेदवार नउठाएको कारण पनि समानुपातिक मत कम आएको बारेमा छलफल भएको बताइन् ।
माओवादीले राष्ट्रियसभा गठनको विषय राजनीतिक भएको भन्दै राजनीतिक सहमतिबाटै टुङ्याउनुपर्नेमा पनि जोड दिएको छ । उसले कांग्रेससँग पनि छलफल गरेर टुंगोमा पुर्याउने निष्कर्ष निकालेको हो । माओवादी केन्द्रको बैठकले पार्टी एकतापछि अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एमालेलाई नै र एकै व्यक्तिलाई दिन नसकिने निष्कर्ष निकालेको पनि माओवादी केन्द्रका अर्का एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed