![]()
काश्की । पोखरामा व्यवसाय गर्ने भारतीय व्यवसायी ४ करोड ठगी गरेर फरार भएपछि काश्कीमा तनाव भएको छ । सृजना चोकमा अक्सिजन ट्रेडर्सको नामबाट व्यवसाय गर्दै आएका भारतीय नागरिक मुथुरमण के करोडौं ठगेर फरार भएका हुन् ।
सस्तो मुल्यमा सामान उपलब्ध गराउने भन्दै अग्रिम भुक्तानी लिएका मुथुरमण लगायतका चार भारतीय व्यापारी उपभोक्ता ठगेर भागेका हुन् । ईलेक्टिक, फर्निचर घरायसी भाडाकुडाँ लगायतका समानहरुको होलसेल कारोबार गर्ने अक्सिजन ट्रेडर्सले बजार मुल्य भन्दा आधा सस्तोमा सामान उपलब्ध गराउने भन्दै पोखराका धेरै व्यापारीसँग अग्रीम भुक्तानी लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अक्सिजन ट्रेडर्सका संचालकले करीब ५ करोड रुपैयाँ ठगी गरेको छ । उनीहरुले दुई हजारदेखि ५ लाख सम्मको सामान अडर लिएको देखिएको छ ।


