Breaking News.... EverestOnlineKhabar
June 25, 2026

ठूलो आक्रमणबाट यसरी जोगियो रुस…..

Loading

एजेन्सी,पौष ।
रुसको सेन्ट पिटर्सबर्गस्थित प्रमुख गिर्जाघरमा गराउन लागिएको आतंककारी विस्फोट अमेरिकी गुप्तचर निकाय सीआईएको सूचनाका आधारमा विफल भएको छ । गिर्जाघरमा शनिबार गराउन लागिएको आतंककारी विस्फोटका बारेमा सीआईएले रुसी सुरक्षा अधिकारीलाई जानकारी गराएपछि विफल भएको हो ।
रुसी सुरक्षा निकाय एफएसबीले इस्लामिक स्टेट समर्थक समूहका सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट विस्फोटक पदार्थ, हतियार र चरमपन्थी दस्तावेज बरामद गरिएको रुसी अधिकारीहरुले जनाएका छन् । यो समूहले गिर्जाघरमा आत्मघाती हमला गरेर ठूलो संख्यामा नागरिकको हत्या गर्ने योजना बनाएको खुलासा भएको छ ।
यसैबीच रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरी सीआईएले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । उनले अमेरिकाविरुद्ध हुने कुनै जानकारी पाएमा समेत आफूहरुले जानकारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed