Breaking News.... EverestOnlineKhabar
June 25, 2026

लेवनानको बेलायती दूतावासमा महिला कर्मचारी मृत फेला

Loading

एजेन्सी,पौष ।
लेवनानस्थित बेलायतको दूतावासमा काम गर्ने एक बेलायती महिला मृत अवस्थामा फेला परेकी छन् । लेवनान प्रहरीले बेरुतस्थित एक मुख्य सडक किनारामा रिबेका डाइक्स नामकी ती महिलाको शव फेला परेको जनाएको छ ।
उनको घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । रिबेका गत जनवरीदेखि बेरुतमा अन्तर्राष्ट्रिय विकास विभागको कार्यक्रम एवम् नीति प्रबन्धकको रुपमा काम गर्दै आएकी थिइन् । स्थानीय प्रहरीले घटनाबारे छानबिन शुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed