Breaking News.... EverestOnlineKhabar
June 25, 2026

उत्तर कोरियामाथि जापानले नयाँ प्रतिबन्ध लगाउने ?

Loading

एजेन्सी,पौष ।
जापानले १९ वटा उत्तर कोरियाली कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उत्तर कोरियाको आणविक हतियार निर्माणमा रोक लगाउन दबाब दिँदै जापानले थप प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको छ ।
जापानका विदेश मन्त्रीले शुक्रबारको पत्रकार सम्मेलनमा उत्तर कोरियाको अर्थ व्यवसायलाई धक्का पुर्याउने उद्देश्यले कोइला, मिनिरल, जहाजको सुविधा र नागरिकलाई विदेश पठाउने सम्बन्धी काम गरिरहेको १९ वटा कम्पनीहरुमाथि प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् । त्यस्ता कम्पनीहरुमा अमेरिकाले भने पहिले नै प्रतिबन्ध लगाइसकेको छ ।
शुक्रबार न्यूयोर्कमा बस्ने संयुक्त राष्ट्र संघको बैठकमा उत्तर कोरियाबारे छलफल गर्ने कार्यक्रम भएपनि जापानले यसअघि नै प्रतिबन्धको एकतर्फी घोषणा गरेको छ । उत्तर कोरियाले गत सेप्टेम्बर जापानको आकाश हुँदै ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि जापानका लागि चिन्ताजनक अवस्था सिर्जना भएको थियो ।
यसैको प्रतिक्रियामा जापानले यस्तो निर्णय लिएको बताएको छ । उत्तर कोरियालाई भविष्यमा अन्य कुनै मिसाइल परीक्षण गर्न नदिनका लागि यसरी आर्थिक दबाब दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed