![]()
काठमाडौ,पौष ।
नेपाल विद्यार्थी संघ गोरखा जिल्ला उपाध्यक्ष रमेश वास्ताकोटी माथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरी घाइते बनाएका छन् । प्रतिनिधी र प्रदेशसभाको चुनाव पश्चात समिक्षात्मक छलफल गर्ने क्रममा विना कारण सुनियोजित तरिकाले वाइसीएलका कार्यकर्ताले बास्ताकोटीलाई आक्रमण गरी घाइते बनाएको नेवि संघले जनाएको छ ।
घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । यसैबीच नेपाल विद्यार्थी संघले विज्ञप्ती जारी गरेको घटनाको घोर भर्सना गरेको छ ।
महामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ती मार्फत उक्त घटनाका दोषीलाई तत्काल कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेका छन् ।


