Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

बिबिसि । क्यानडामा एक अर्बपति दम्पत्ती मृत भेटिएपछि त्यसबारे चर्चा चुलिएको छ । बिबिसिका अनुसार व्यापारी शेरम्यान विशाल औषधी कम्पनी ’एपोटेक्स’का संस्थापक र अध्यक्ष थिए । उन आफनी श्रीमतिसहित मृत भेटिएपछि प्रहरीले गम्भीर शंका गरेको छ । उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ । एपोटेक्सका औषधी संसारभर बेचिन्छन् ।

व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए । प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन । तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए ।

एपोटेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सबै स्तब्ध र दुखी भएका छौं।“
उनीहरुका चार छोराछोरी छन् ।

एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो । फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३.२ अर्ब डलर रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed