Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौ,मंसिर ।
पश्चिमी वायुको प्रभावले चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले उच्च हिमाली क्षेत्रमा हिमपात हुनुका साथै चिसो हावा पनि चलेकाले जाडो बढेको मौसमविद्को भनाई छ ।
मौसमविद्का अनुसार काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार बिहान ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । बिहीबार ४ दशमलव ८ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम घटेको हो । गएको वर्ष मंसिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस थियो ।
यस्तै अरु ठाउँको पनि तापक्रम घटेको छ । अब अरु ठाउँको तुलनामा तराईमा चिसो बढ्ने मौसमविद्हरुको अनुमान छ । बिहान लागेको बाक्लो हुस्सु हट्न समय लाग्ने भएकाले तराईमा चिसो बढ्ने उनीहरुको अनुमान छ ।
शुक्रबार पश्चिमी तराईका धेरै ठाउँमा हुस्सु नहट्ने मौसम्विद्को भनाई छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed