Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कांग्रेसले घटायो मतान्तरःसमानुपातिकतर्फको गणना अन्तिम चरणमा

Loading

काठमाडौ,मंसिर ।
प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको गणना बुधबार नै सकाएको आयोगले शुक्रबार चुनावको मैजारो गर्न लागेको हो । समानुपातिकतर्फको हालसम्मको मतगणनामा एमाले ७८ हजार ६ सय मत अन्तरका साथ कांग्रेसभन्दा अगाडि छ ।
निर्वाचन आयोगका अनुसार, एमालेले २९ लाख ५३ हजार मत हासिल गरेको छ । कांग्रेसले एमालेसँगको मतान्तर घटाएको छ । पछिल्लो मत परिणाममा कांग्रेसले पाएको मत २८ लाख ७४ हजार ४ सय छ ।
माओवादी केन्द्रले ११ लाख ८५ हजार ४ सय १० तथा संघीय समाजवादी फोरम नेपालले चार लाख १८ हजार मत प्राप्त गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ८१ हजार ९ सय १५, विवेकशील साझा पार्टीले १ लाख ९७ हजार ३ सय ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८८ हजार ३ सय ३२ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed