Breaking News.... EverestOnlineKhabar
April 23, 2026

काठमाडौंमा समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादीभन्दा विवेकशील निकै अगाडि

Loading

काठमाडौ,मंसिर ।
प्रत्यक्षतर्फ पहिलो भए पनि समानुपातितर्फ भने काठमाडौंमा एमाले दोस्रो स्थानमा देखिएको छ । समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार काठमाडौंमा नेपाली कांग्रेसले ११२२३ मत प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले ८५०९ मत प्राप्त गरेको छ ।
प्रत्यक्षतर्फ पनि तेस्रो स्थानमा रहेको विवेकशील साझा तेस्रो स्थानमै रहेको छ । विवेकशीलले ७७५७ मत प्राप्त गरेको छ ।
काठमाडौंमा माओवादी केन्द्र विवेकशील साझाभन्दा निकै पछि रहेको छ । उसले अहिलेसम्म २२२४ मत प्राप्त गरेको छ । त्यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले १०७७ मत प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed