![]()
काठमाडौ,मंसिर ।
एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा आज नेपालले आयोजक थाइल्याण्डको सामना गरिरहेको छ । नेपाल र थाइल्याण्डबिचको खेल नेपाली समयअनुसार विहान सवा ९ बजे सुरु भएको हो ।
बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा भईरहेको पहिलो खेलमा नेपाल आयोजकलाई हराउने योजनासहित मैदान उत्रिएको हो । उपाधि जित्ने लक्ष्य लिएर थाइल्याण्ड गएको नेपाली टोली रित गौतमको कप्तानीमा मैदान उत्रनेछ । कप्तान रित नेपाली टोलीका अनुभवी खेलाडी हुन् । यसअघि उनी यु–१६ नेपाली टोलीको क्लोज क्याम्पमा परिसकेका खेलाडी हुन् ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले थाइल्याण्डपछि दोस्रो खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दा अन्तिम खेल बिहिबार म्यानमारसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसहित आयोजक थाइल्याण्ड, हङकङ र म्यानमार छन् ।
एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘बि’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । लिग खेलपछि समूहको शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।


