![]()
रुकुम,मंसिर ।
नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् ।
रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए । रोका प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो महिला सदस्य हुन् । नयाँ शक्तिका उम्मेदवार जितमान पुनले १ हजार ४८९ मत ल्याएका छन् ।
यसैगरी प्रदेशसभातर्फ पनि दुईवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । क्षेत्र क मा माओवादी केन्द्रका तेजबहादुर ओली ५ हजार ४२७ मतसहित बिजयी हुँदा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत पाए ।
त्यसैगरी, प्रदेशसभा ख मा माओवादी केन्द्रकै पूर्णबहादुर घर्ती ५ हजार ८१६ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याएका छन् ।


