![]()
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले बिहीवार मध्यान्ह लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।
राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्दै हर्ष प्रकट गर्नुभयो । उहाँले सबै नेपालीलाई मतदान गर्न आग्रह गर्दै अब सभ्यता र समृद्धिको यात्रा प्रारम्भ हुने आशा पलाएको प्रतिक्रिया दिनुभयो ।


