Breaking News.... EverestOnlineKhabar
April 22, 2026

कांग्रेस नेता पौडेलद्वारा तनहुँको ब्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्दबाट मतदान, मुलुक अग्रगतिमा प्रवेश गरेको भनाइ

Loading

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्दबाट मतदान गर्नुभएको छ । तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता पौडेलले विहान ७ बजे नै पहिलो मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुकलाई अग्रगतिमा लैजाने र लोकतन्त्र साकार हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed