![]()
कैलाली । सूचना तथा संचार मन्त्री एवम सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने र अस्थायी राजधानी पनि तोकिने जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन पनि आग्रह गर्नुभयो ।


