Breaking News.... EverestOnlineKhabar
April 21, 2026

गगन थापाको हत्या प्रयास असफल, बम बिष्फोटका घाइते ११ मध्ये ४ को अवस्था गम्भीर

Loading

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाको हत्या प्रयास असफल भएको छ । चुनाव प्रचारप्रसारको अन्तिम दिन काठमाडौंको चपलीमा घरदैलो अभियानमा रहेकाबेला उनीमाथि बम आक्रमण गरी हत्या प्रयास गरिएको थियो ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापालाई लक्षित गरेर बम विस्फोट गराइएपनि उनीको ढाड र कानमा मात्र चोट लागेको छ । बिष्फोटमा उनका सहयोगी ११ जना घाइते भएका छन । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ ।

सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । नेता थापाले आफू भाग्यवशः बचेको प्रतिक्रिया दिएका छन । एक घन्टा ढिलो घरदैलो सुरु भएको भन्दै उनले भने, ‘लुजुसलाई छिटो लैजान पाइला अघि छिटो चालेकाले म संयोगले बचेँ । तर, मेरो पछाडिको पङ्ती पर्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed