Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

नवलपरासी,मंसिर ।
नवलपरासीको देवचुलीमा कांगे्रसका उम्मेदवारको प्रचार प्रसारमा प्रयोग गरिएको कारमा आइतबार राति आगजनी भएको छ । नवलपुर प्रतिनिधिसभा–१ मा कांग्रेसको प्रचार प्रसारमा प्रयोग गरिएको लालकुमार श्रेष्ठको कारमा राति घरमा पार्किङ गरी राखिएको अवस्थामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताए ।
आगजनीबाट कारको ढोका, सिट लगायतको भागमा क्षति भएको छ । कारमा आगो लगाएको आशंकामा एकजनालाई पक्राउ गरिएको उपरीक्षक जिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed