Breaking News.... EverestOnlineKhabar
April 22, 2026

चुनाव प्रचारको अन्तिम दिन कुन नेताले कहाँ सम्बोधन गर्दैछन् ?

Loading

काठमाडौ,मंसिर ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि आजै रातिदेखि मौन अवधि सुरु हुँदैछ ।त्यसैले प्रमुख दलका शीर्ष नेताहरु आज अन्तिम प्रचार प्रसारमा व्यस्त हुँदैछन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज डडेलधुरामा अन्तिम चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
अमरगढीमा हुने सभालाई सम्बोधन गरेर उनी गृहजिल्लामै बस्नेछन् । बिहीबार मतदान सकेर मात्रै उनी काठमाडौं फर्किने तयारी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौं क्षेत्र नम्बर ४ मा चुनावी सम्बोधन गर्नेछन् ।
कांग्रेसका गगन थापासँग प्रतिष्पर्धामा रहेका एमालेका नेता राजन भट्टराईको क्षेत्रमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा नै सम्बोधन गर्ने भएका छन् । प्रचण्डले उमेदवारी दर्तापछि धेरै समयमा आफ्नै क्षेत्रमा बिताएका छन् । यसैबीच आजै रातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed