Breaking News.... EverestOnlineKhabar
April 22, 2026

यमनका पूर्व राष्ट्रपतिले गरेको वार्ता प्रस्ताव साउदी अरबद्वारा स्वागत

Loading

बिबिसि । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले साउदी अरेबिया नेतृत्वको गठबन्धनसँग शान्ति वार्ताका लागि प्रस्ताव गरेका छन । उक्त प्रस्तावको उता साउदी अरेबियाले पनि स्वागत गरेको जनाइएको छ ।

यमनका पूर्व राष्ट्रपति अब्दुल्लाह सालेहको सैन्य गठबन्धनले यमनी गठबन्धन फौजविरुद्ध सन् २०१५ देखि नै विद्रोह गर्दै आएको छ ।
साउदी अरेबिया नेतृत्वको उक्त गठबन्धनले आइतबार प्रकाशन गरेको एउटा वक्तव्यमा भनिएको छ ‘सो वार्ताको प्रस्ताव स्वीकार्य छ, साउदी अरेबियाको उनीसँग वार्तामा बस्न तयार छ ।’

तर, उता यमनी पूर्व राष्ट्रपति सालेहले भने गठबन्धनले नाकाबन्दी हटाउनुपर्ने र आफूहरुबिरुद्धका आक्रमणहरु पनि जतिसक्दो चाँडै रोक्नुपर्ने शर्त राखेका छन् । एक समाचारअनुसार हाल यमन विश्वकै ठूलो भोकमरीको जोखिममा रहेको छ । साउदी अरेबियाको गठबन्धनले यमनसँगका सिमानाहरु बन्द गर्नुका साथै विविध अत्यावश्यक वस्तुहरुको आपूर्ति पनि रोकेको छ ।

सालेहका साझेदार हुथी विद्रोहीले उनीमाथि सत्तालपट गर्न खोजेको आरोप पनि लगाएको थियो । अरब क्षेत्रको यो गरिब देश जहाँ गएका केही बर्षहरुदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी हजारौं सर्वसाधारणले ज्यान गुमाउनु परेको छ ।

पछिल्लो समयमा यमनको राजधानी सानामा निकै ठूला भिडन्तहरु भएका समाचारहरु आएका छन् । ती भिडन्तमा परी सर्वसाधारण र निहत्था नागरिकको ज्यान गएको छ । ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो भन्दै शनिबारमात्र पनि यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत स्माली ओल्ड चेख अहमदले सर्वसाधारणको जीवन रक्षाका लागि आग्रह गरेका थिए ।

सानामा पछिल्लो समययता यहाँका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्तहरु भएका छन् ।

हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed