Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

काठमाडौ,मंसिर ।
रसुवाको केरुङ नाकाबाट भित्राइएको अवैध १० किलो सुनसहित एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका फूलसिंह तामाङ छन् ।
उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सुन ल्याएका थिए । गोप्य सूचनाको आधारमा जाँच गर्दा उनलाई शनिबार साँझ सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । पछिल्लो समय केरुङ नाकाबाट अवैधरुपमा सुन भित्रिइरहेको छ । यसअघि केरुङ नाकाबाटै भित्राइएको ८८ किलो अवैध सुन क्षेत्रपाटीबाट बरामद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed