Breaking News.... EverestOnlineKhabar
April 21, 2026

होण्डुरसमा राजनीतिक संकट चुलिंदै, हिंसात्मक प्रदर्शन भएपछि कर्फ्यू जारी

Loading

बिबिसि । होण्डुरसमा गत आइतबारको विवादास्पद निर्वाचनपछि विरोध प्रदर्शनमा हिंसात्मक प्रदर्शन बढ्दै गएपछि सेना र प्रहरीलाई थप शक्ति प्रदान गरिएको छ ।

संवैधानिक सुनिश्चितता स्थगन गरि १० दिनसम्म साँझदेखि बिहानसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । मूख्य विपक्षी उम्मेदवार साल्भाडोर नास्रल्लाले ५ हजार मतपेटिका फेरि गणना गर्नु पर्ने माग गरेपछि परिणाम सार्वजनिक गर्न ढिलो भएको छ ।
अधिकारीहरुले चुनावी नतिजालाई प्रभावित पारेको आरोप लगाएका छन् । चुनावपछिको हिंसात्मक प्रदर्शनका कारण एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

राजधानीबाहिर समेत प्रदर्शनकारीले मुख्य सडक बन्द गर्दैै सवारी साधन जलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed