Breaking News.... EverestOnlineKhabar
April 21, 2026

आइतबार नेपाल–केन्या क्रिकेट टोलीबीच भिडन्त

Loading

एजेन्सी । युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग आइतबार एक दिवसीय अभ्यास खेल खेल्दै छ ।

विश्व क्रिकेट लिग च्याम्पीयन्सीपअन्तर्गत घरेलु टोली युएईसँग अन्तिम चरणको खेल खेल्न गएको नेपालले दोस्रो अभ्यास खेलमा केन्यासँग खेल्न लागेको हो ।

यसअघि शुक्रवार भएको पहिलो अभ्यास खेलमा डिभिजन तीनको टोली अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको थियो । जारी विश्व क्रिकेट लिग च्याम्पीयन्सीपबाट नेपाल रेलिगेट हुँदै डिभिजन टू मा घटुवा भइसकेको छ ।

युएईविरुद्ध हुने खेललाई नेपालले आगामी फेब्रुअरीमा नामिबियामा हुने डिभिजन टू प्रतियोगिताको तयारीका रुपमा लिएको छ । सोे प्रतियोगिताको फाइनल पुग्न सके नेपालले एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान पक्का गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed