![]()
चितवन । चितवनको चुम्लिङटारमा त्रिशुलीमा यात्रुबस खस्दा हालसम्म ८ जनाको शव भेटिएको छ । काठमाडौंबाट अर्घाखाँची गइरहेको लु २ख २९१ नम्बरको बस बुधवार बिहान एक्कासी नदीमा खसेको थियो ।
प्रहरीले १२ जनाको सकुशल उद्दार गरेको छ भने अन्य १० जना घाइते भएका छन । नदीमा डुबेको बसलाई सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा फेला पारेका छन् । चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट बस फेला परेको हो ।
उद्दार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने अन्यको भरतपुरमा उपचार भैरहेको छ । घाइते केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।


