Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन पश्चात वन्ने वामपन्थी सरकारले मुलुकमा आमूल परिवर्तनको अनुभूति दिने गरि काम गर्ने बताउनु भएको छ ।

इलामको पशुपतिनगरमा नेपाली कांग्रेसहित बिभिन्न दलका कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै नेता खनालले अब वामगठबन्धनको नेतृत्वमा सरकार बन्न कसैले पनि रोक्न नसक्ने दाबी गर्नुभयो । अस्थिर राजनीति नै मुलुकको प्रगतिको वाधक भएको उल्लेख गर्दै नेता खनालले प्रत्येक ६ महिनामा सरकार परिवर्तन हुने परिस्थितिको अन्त्य हुने धारणा राख्नुभयो ।

कांग्रेसप्रति निकै आक्रामक हुनु भएका नेता खनालले कांग्रेस आफ्नो नीतिबाट च्यूत भएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त कांग्रेसले छोडिसकेको वताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस जनतालाई झूठो आश्वासन बाँड्ने पार्र्टीका रुपमा चिनिदै छ । अहिले पनि झूठको खेती गरिरहेको छ । ’

सो कार्यक्रममा नेपाली कांग्रेस र संघीय समाजवादी पार्टीका २०० भन्दा बढी ब्यक्ति एमालेमा प्रवेश गरेका थिए ।

नेता खनालले आफूले गरेका प्रतिबद्धता सबै पूरा गरेकाले अब उहाँकै नेतृत्वमा जिल्लाको बिकास गराउन आफूहरु एमालेमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed