Breaking News.... EverestOnlineKhabar
June 27, 2026

रियल मड्रिडका प्रशिक्षक जिदानेको यस्तो चाहना…..

Loading

एजेन्सी,१२ मंसिर ।
रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले ग्यारेथ बेल चोटमुक्त हुँदै मैदान फर्किएपछि टोलीको अग्रपंक्तिमा रोनाल्डो, बेञ्जिमा र बेल अर्थात बीबीसीलाई पुनः एकबद्ध गरिने बताएका छन् । करिम बेञ्जिमा र क्रिष्टियानो रोनाल्डोले नयाँ सिजनमा गतिलो लय हासिल गर्न सकिरहेका छैनन् । तर रियलका प्रशिक्षकले यो मानेका छन् कि बेलको पुनरागमनले टोलीका मुख्य स्ट्राइकर रोनाल्डोलाई आफ्नो लय समाउन सजिलो हुनेछ ।
जिदानेले पत्रकारहरुसँग कुरा गर्दै भनेः‘हामीले पछिल्ला १२–१३ खेलमा यी तीनैजनाले सँगै खेलेको देख्न पाएका छैनौं, तर, म यी तीनैजना रोनाल्डो, बेल र बेञ्जिमालाई सँगै खेलेको हेर्न चाहन्छु किनभने लामो समयदेखि यो सम्भव भएको छैन ।’
ला लिगा अन्तर्गत हिजो सम्पन्न भ्यालेन्सिया र बार्सिलोनाबीचको खेलमा भएको विवादास्पद गोलबारे प्रतिक्रिया दिँदै जिदानेले पुनः गोललाइन टेक्नोलोजीको वकालत गरेका छन् ।
रियल मड्रिडले जनवरी ट्रान्सफरमा केहि खेलाडी किनबेच गर्न लागेको समाचारहरु सार्वजनिक भइरहेका बेला जिदानेले त्यसको सम्भावना रहेको प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.