Breaking News.... EverestOnlineKhabar
June 27, 2026

स्पानियोलद्वारा गेटाफे १–० ले पराजित

Loading

एजेन्सी,१२ मंसिर ।
स्पेनिस ला लिगा लिग फुटबलमा स्पानियोलले जित हात पारेको छ । सोमबार राति भएको खेलमा स्पानियोलले गेटाफेलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
आरसिडिई रंगशालामा भएको खेलमा घरेलु टोली स्पानियोलले गेटाफेमाथि कठिन जित निकालेको हो । स्पानियोललाई जित दिलाउनका लागि जिरार्ड मेरिनोले गोल गरे ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफभने दुबै टोलीले गोल रहित बराबरी खेलेका थिए । दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल हुन सकेन । खेलको ५५ औं मिनेटमा स्पानियोलका जिरार्ड मेरिनोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बाँकी समयमा गेटाफेले राम्रो अवसर पाएपनि गोल गर्न भने सकेन र महत्वपूर्ण ३ अंक स्पानियोललाई सुम्पिन पुग्यो ।
गेटाफेलाई पराजित गरेपनि स्पानियोल स्पेनिस ला लिगा लिगको १३ औं स्थानमा छ । स्पानियोल भन्दा पनि गेटाफे एक स्थान माथि १२ औं स्थानमा रहेको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १३ खेलबाट ३५ अंक रहेको छ । दोस्रो स्थानमा भने भ्यालेन्सिया रहेको छ । भ्यालेन्सियाको समान १३ खेलबाट ३१ अंक रहेको छ । लिगको तेस्रो स्थानमा एथ्लेटिको मड्रिड रहंदा साविक विजेता रियल मड्रिड भने चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.