Breaking News.... EverestOnlineKhabar
August 15, 2026

यौनहिंसाको आरोपमा ब्राजिलका फुटबलर रोबिन्होलाई ९ बर्ष जेल सजाय

Loading

एजेन्सी । ब्राजिली राष्ट्रिय टोलीका मुख्य खेलाडी रहिसकेका फरवार्ड रोबिन्होलाई इटालीको अदालतले ९ वर्ष जेल सजाय सुनाएको छ । उनलाई सन् २०१३ मा इटालीको मिलानमा एक महिलालाई यौनहिंसा गरेको आरोपमा जेल सजाय सुनाइएको हो ।

फैसलाको समयमा रोबिन्हो अदालतमा उपस्थित नभएपनि उनको वकिलले फैसलाको विरुद्ध अपिल गरिसकेका छन् । अदालतले उनीसँगै अन्य पाँच ब्राजिलियन मिलेर २२ वर्षीय अल्बानियाकी युवतीमाथि हिंसा गरेको आरोपमा सजाय सुनाएको हो ।

रोबिन्होले इन्स्टाग्राममा आफू निर्दोष रहेको बताएका छन् ।

सन् २००२ मा सन्तोसबाट क्लब फुटबल सुरु गरेका रोबिन्होले सन् २००३ मा ब्राजिलियन राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २००५ मा रियल म्याड्रिड पुगेका उनले त्यहाँ रहेर २ पटक लिग उपाधि जिते ।

रोबिन्हो हाल ब्राजिलियन क्लब एटलेतिको मिनिएरोमा खेलिरहेका छन् । अब रोबिन्होले सजाय भोग्ने नभोग्ने उनले गरेको अपिलको नतिजापछि मात्र थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed