Breaking News.... EverestOnlineKhabar
June 26, 2026

झलनाथ खनालले गराए कांग्रेस र संघीय समाजवादीका सयौं कार्यकर्तालाई एमालेमा प्रवेश

Loading

इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेसका सयौं कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन ।

इलामको सन्दकपुर गाउपालिका वडा नं. ४ मा संयुक्त बाम गठबन्धनको चुनावी आम सभामा कांग्रेस र संघीय समाजवादी फोरमका सयौं कार्यकर्तालाई आफनो पार्टीमा स्वागत गरेका हुन ।

कार्यक्रममा नेपाली कांग्रेस र संघीय समाजवादी पार्टी परित्याग गरि २१ घर परिबारका मात्रै करिब ८० जना एमालेमा प्रवेश गरेको खनालका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए । एमाले प्रवेश हुनेमा स्थानीय नेता दावा तेम्बा शेर्पा, नुर्वु शेर्पा, बि.एम लिम्बू ,राजेन्द्र राई लगायत रहेका छन ।

इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिशभा सदस्य उम्मेदवार रहेका नेता खनालले आमसभालाई सम्बोधन गर्दै वामगठबन्धनको एकताबाट देशमा राजनीतिक स्थायित्व कायम हुने बिश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो गठबन्धनले देशमा स्थाई सरकार स्थापना हुनेछ । यसबाट विकासले गति लिने छ,’ खनालले भने, ‘आजसम्म सरकार लामो समय नटिक्दा देशमा अस्थिरता भएको छ । अब समृद्धिका हिसावले देश नयाँ युगमा प्रवेश गर्ने छ ।’

नेता खनालले निर्वाचनपछि देशमा शान्ति, पारदर्शिता र कानूनी शासन स्थापना हुने बताउँदै कांग्रेस नेतृत्वको सरकारले मुलुकमा बिकृति मात्र भित्र्याएको आरोप लगाए ।

आफू प्रधानमन्त्री हुँदा ईलाममा राम्रा काम गरेको र राष्ट्रिय महत्वका योजनाहरु ल्याएको स्मरण गर्दै उनले इलामलाई मुलुककै नमूना योग्य जिल्ला बनाउन अब आफू केन्द्रीत हुने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed