![]()
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिरामी भइ अस्पतालमा उपचारारत कांग्रेस नेता बिमलेन्द्र निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
राजधानीको ओम अस्पतालमा उपचार गराइरहेका नेता निधिलाई भेटेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो । प्रधानमन्त्री देउवाले निधिको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
बुधवार नै महामन्त्री डा. शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको छ । कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले हेरिरहेको छ । चिकित्सकहरुले उहाँलाई केही दिन आराम गर्न सुझाव दिनुभएको छ ।
धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आउनु भएको थियो । त्यसक्रममा धुलोधुवाँका कारण केही असहज भएपछि उहाँ अस्पताल भर्ना हुनु भएको हो ।


