Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

नुवाकोट,मंसिर ।
नुवाकोटमा नेपाली कांग्रेसका स्थानीय नेताको घरमा बम भेटिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेका कांग्रेस नेता उद्धव थापाको घरमा बम भेटिएको हो । थापा वडानम्बर ४ का निर्वाचित वडा सदस्य समेत हुन् । बम भेटिएको खबरपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित सुरक्षाकर्मी घटनास्थलतर्फ लागेका छन् ।
सो गाउँमा आज नुवाकोट क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार रामशरण महतको चुनावी कार्यक्रम थियो । गत शुक्रवार मात्रै पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस उम्मेदवारलाई लक्षित गरी कुकर बम बिस्फोट गराइएको थियो । बिस्फोटमा परी महतको चुनावी प्रचारमा हिँडेका पाँचजना कांग्रेस कार्यकर्ता घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed