Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

बाग्लुङ, मंसिर ।
सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए । विस्फोट गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको आशंका गरिएको छ । प्रहरी उपरीक्षक खापुङले भनेः‘हामी अनुसन्धानमै छौँ, चुनावी वातावरण बिगार्ने उद्देश्यले विस्फोट गराएको देखिन्छ,घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’
मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए । विस्फोटलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेको छ । बम विस्फोटबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed