Breaking News.... EverestOnlineKhabar
June 25, 2026

यस्तो थियो मिल्स वर्ल्ड २०१७ को फाइनल (भिडियोसहित )

Loading

एजेन्सी । यस वर्षको मिस वर्ल्ड को ताज भारतकी मानुषी छिल्लरले जितेकी छन् । चीनको सान्या सिटी एरेनामा शनिबार साँझ आयोजित ६७ औं मिस वर्ल्ड मा विश्वभरका ११८ सुन्दरीलाई उछिन्दै मानुषीले ताज आफ्नो पोल्टामा पारेकी हुन् ।

मेक्सिकोकी एन्ड्रिया मेजा फस्ट रनरअप भइन् भने इंग्ल्यान्डकी स्टेफेनिया हिलले सेकेन्ड रनरअप बनिन् । उत्कृष्ट पाँचमा फ्रान्स र केन्याका सुन्दरी पनि परे ।

मिस नेपाल २०१७ निकिता चान्डक भने प्रतियोगितामा ‘मल्टिमिडिया सेक्सन’ तर्फ उत्कृष्ट ९ र ‘पिपुल्स च्वाइस अवार्ड’ तर्फ उत्कृष्ट १० भित्र पर्न सफल भइन् । ‘ब्युटी विथ अ पर्पस’ मा भने निकिता उत्कृष्ट २० र ‘टप मोडल सेक्सन’ मा उत्कृष्ट ३० सम्म अटाएकी थिइन् । तर उनी मिस वर्ल्ड को उत्कृष्ट ४० को पहिलो राउन्डबाट अघि बढ्न सकिनन् ।

अन्तिम पाँच प्रतिष्पर्धीलाई सोधिएका प्रश्न र बिजेता घोषणा समारोहको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed