![]()
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन बिथोल्न षड्यन्त्र सुरु भएको बताउनु भएको छ ।
चुनावी अभियानकाक्रममा बिराटनगर पुग्नु भएका अध्यक्ष ओलीले पत्रकारहरुसंग कुरा गर्दै उम्मेदवारहरुमाथि आक्रमणको सिलसिला जारी रहनु निर्वाचन भाँडने षडयन्त्र भएको आरोप लगाउनुभयो । ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीले सुरक्षा व्यवस्था राम्रो भएको बताइरहेकोले सरकार पनि चुनाव बिथोल्ने र भाँड्ने खेलमा लागेको शंका भयो । ’
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको वाम गठबन्धन जिते लोकतन्त्र खतरामा पर्ने अभिव्यक्ति दिएर आफनो हतार मानसिकता प्रकट गरेको टिप्पणी गर्नुभयो । बामगठवन्धन भने जसोतसो चुनाव सम्पन्न गराउने पक्षमै रहेको उहाँको दाबी थियो ।
‘वाम गठबन्धनले दुई तिहाइ ल्याए मुलुकमा लोकतन्त्र, लोकतान्त्रिक प्रणालीको कानुनी व्यवस्था, कानुनतन्त्र, स्वच्छता, पारदर्शिता, भ्रष्टाचार निर्मूलीकरण हुन्छ,’ ओलीले भन्नुभयो ।


