![]()
कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिशभा निर्वाचनपछि पुनः आफै प्रधानमन्त्री हुने दावी गर्नुभएको छ । प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले निर्वाचनमा कांग्रेसको बहुमत आउने र आफू प्रधानमन्त्री हुने दावी गर्नुभयो । उहाँले कम्युनिष्ट गठबन्धनले कांग्रेसलाई कुनै फरक नपार्ने समेत उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘ कम्युष्टि गठवन्धनले त झन् हामीलाई फाइदा भएको छ । डर–त्रासबाट समाज मुक्त हुन लागेको बेलामा उनीहरु एक भएका कारण नेपालमा फेरि डर–त्रास आउँछ कि, कम्युनिष्ट अधिनायकवाद आउँछ कि भनेर जनता डराएका छन् । त्यसकारण जनता कांग्रेसलाई हिजोको दिनभन्दा बढी भोट हाल्न आतुर छन । ’’
नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै प्रधानमन्त्री देउवाले आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने बताएको जानकारी दिनुभयो । “म अन्तिम प्रधानमन्त्री कसरी हुन्छु ? ज्योतिषीले नै सात चोटी प्रधानमन्त्री बन्छस् भनेको छ,’’उहाँले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले जनताको मताधिकार सुरक्षित राख्न सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।


