![]()
रोल्पा । प्रदेश र प्रतिनिधिशभा निर्वाचनको मिति जति नजिकिदै छ, त्यत्तिकै सुरक्षा चुनौतीका घटना पनि बढिरहेका छन । देशका बिभिन्न स्थानमा अझैपनि उम्मेदवारमाथि आक्रमण हुनेक्रम रोकिएको छैन ।
बिहीबार मात्रै रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ ।
मन्त्री पुन घरदैलो कार्यक्रमका लागि घोडागाउँमा पुगेकाबेला उनी सवार गाडीमाथि पछाडीबाट बम प्रहार भएको थियो । प्रहरीले सुत्ली बम प्रहार भएको जनाएको छ । घटनामा कुनै क्षति नभएपनि यसले सो क्षेत्रमा त्रास बढाएको छ ।
नेत्रबिक्रम चन्द विप्लव समूहले बम प्रहार गरेका हुन सक्ने आशंका गरिए पनि विप्लव नेतृत्वको नेकपाले भने अस्वीकार गरेको छ ।


