Breaking News.... EverestOnlineKhabar
October 1, 2026

शृखंलाबद्धरुपमा उम्मेदवारमाथि आक्रमण भएपछि प्रधानमन्त्री गम्भीर, सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि व्यक्त

Loading

बाँके । शृखंलाबद्ध रुपमा निर्वाचनका उम्मेदवारमाथि आक्रमण हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायप्रति असन्तुष्टि पोख्नु भएको छ ।

नेपालगंजमा आयोजित प्रदेश क्षेत्र नं ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले अब उप्रान्त यस्ता घटना दोहोरिन नदिन निर्देशन दिनुभयो । उहाँले सुरक्षा अंग थप चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

‘राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, जनताको निर्भीकताका साथ मत खसाल्ने अधिकारलगायत निर्वाचनसँग सम्बद्ध विषयमाथि कसैले चुनौती दिन खोज्छ भने त्यस्ता व्यक्ति, समूहलाई कानूनको दायरामा ल्याउन सरकारपछि पर्ने छैन । ’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएको मितिमा गराउन सरकार कटिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सो अवसरमा गृहसचिव मोहनकृष्ण सापकोटाले तीन तहको सुरक्षा घेरा बनाई निर्वाचनको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै निर्वाचन बिथोल्ने प्रकृतिका छिटपुट घटनातर्पm सुरक्षा निकायका पदाधिकारी थप चनाखो हुनुपर्नेमा जोड दिनुभया ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दवाडील सबै सुरक्षा निकायलाई सुरक्षा रणनीतिक योजनाअन्तर्गत निर्वाचनमा परिचालन गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed