Breaking News.... EverestOnlineKhabar
August 14, 2026

पूर्व संचारमन्त्री एवम एमाले नेता शेरधन राईमाथि बम प्रहार, अंग रक्षक घाइते

Loading

भोजपृुर । नेकपा एमालेका युवा नेता एवम पूर्व संचार मन्त्री शेरधन राईमाथि बम प्रहार भएको छ । भोजपुर प्रदेशसभाका उम्मेद्वार समेत रहेका नेता राईमाथि भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै बम प्रहार भएको हो । गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा उनीसहित कार्यकर्ता चढेको गाडीमा बम प्रहार भएको हो ।

आक्रमणबाट राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाइते भएका छन । उनको हातमा चोट लागेको छ । उम्मेद्वारसहित अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

बम कसले हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनापछि एभरेष्ट अनलाइनखबरसंग कुरा गर्दै नेता राईले आफूलाई सिध्याउने उद्देश्यले बम प्रहार भएपनि आफू बिचलित नभएको प्रतिक्रिया दिए ।

राई प्रदेश नं. १ मा मुख्य मन्त्रीको दाबेदार हुन् । केही दिनअघि रुकुममा बिना बिभागिय मन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता बर्षमान पुनमाथि समेत बम आक्रमण भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed