Breaking News.... EverestOnlineKhabar
June 26, 2026

यु १९ एसिया कपः नेपाल र भारतबीचको खेल जारी

Loading

काठमाडौ,२६ कार्तिक ।
मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ।
अहिलेसम्म १४ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै नेपालले ३८ रन बनाएर खेलिरहेको छ। नेपालका लागि आसिफ शेखले १३ बल खेलेर ३ रन बनाए। यस्तै १२ बल खेलेका अनिलकुमार साहले ६ रन बनाएर आउट भए। भारतका लागि आदित्य थाक्रेले दुबै विकेट लिएका थिए।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले पराजित भएको थियो। एसिया कपअन्तगर्त भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed