Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अमेरिकी निर्वाचनमा राष्ट्रपति पुटिनमाथी लगाइएको आरोप हास्यास्पद

Loading

एजेन्सी,२६ कार्तिक ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अपमानित महसुस गरेको बताएका छन् ।
भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रीय शिखर सम्मेलनमा यी दुई राष्ट्रपतिबीच भेटवार्ता भएलगत्तै ट्रम्पले यस्तो धारणा सार्वजनिक भएको हो । पुटिनले भने हस्तक्षेपको आरोपलाई हास्यास्पद भनी टिप्पणी गरेका छन् ।
ट्रम्पले अमेरिकी कानुन मन्त्रालयले चुनावका बेला भएको भनिएको रुसी हस्तक्षेपका बारेमा जाँच गरिरहेकाले स्पष्ट धारणा बाहिर आउने बताए ।
साथै उनले रुस र अमेरिकाबीचको सम्बन्धमा कुनै दरार नआएको पनि स्पष्ट पारे । राष्ट्रपति ट्रम्पले रुसी समकक्षीसँग पटक–पटक हस्तक्षेपका बारेमा सोधे पनि उनले अस्वीकार गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed