Breaking News.... EverestOnlineKhabar
June 24, 2026

ट्रम्पका पूर्व सहयोगी माइकलमाथि पुनः अनुसन्धान

Loading

बिबिसि । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी माइकल फ्लिनमाथि पुनः अनुसन्धान थालिएको छ ।

पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनमाथि लाखौं डलर लिएर टर्कीका विपक्षी धर्मगुरुलाई नियन्त्रणमा लिने र उनलाई टर्की फर्काउने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाइएको छ । राष्ट्रपति निर्वाचन अभियानका बेला उनले टर्कीको स्वार्थमा काम गरेको शंका गरिएको छ ।
पेन्सल्भेनियामा बस्दै आएका टर्कीका विपक्षी धर्मगुरु फेतुल्लाह गुलेनलाई नियन्त्रणमा लिने र गोप्य रुपमा देशबाट निकाला गर्ने विषयमा फ्लिनले छलफल गरेको भन्ने आरोपमाथि अनुसन्धान सुरु भएको हो ।

टर्कीका राष्ट्रपतिले गतवर्ष सत्ता हत्याउन गरिएको असफल प्रयासको मूख्य योजनाकार गुलेन भएको आरोप लगाउँदै आएका छन् । गुलेनलाई टर्की फर्काउन फ्लिनलाई १ करोड ५० लाख डलर प्रस्ताव गरिएको भन्ने आरोपबारे संघीय अनुसन्धानकर्ताले छानबिन गरिरहेका हुन् ।

फ्लिनलाई रुसी अधिकारीहरुसँगको सम्पर्कबारे उपराष्ट्रपतिलाई दिग्भ्रमित पारेको आरोपमा राजीनामा दिन बाध्य पारिएको थियो । राष्ट्रपतीय निर्वाचनमा रुसको सम्भावित हस्तक्षेप र ट्रम्पको चुनावी अभियानको साठगाँठबारे बृहत छानबीन भइरहेकै बेला उनलाई हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed