Breaking News.... EverestOnlineKhabar
August 16, 2026

बामगठवन्धनमाथि फेरि खनिदै प्रधानमन्त्रीले भने,–‘कम्युनिष्ट भनेकै लोकतन्त्र बिरोधी’

Loading

ताप्लेजुङ । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगातार बामगठवन्धनमाथि आक्रमणमा उत्रिनु भएको छ । एमाले र नेकपा माओवादी केन्द्रबीच गठवन्धनसंगै पार्टी एकतासम्मको अभियान सुरु भएपछि प्रधानमन्त्री देउवा निकै आक्रामक हुनु भएको छ । बामगठवन्धन लोकतन्त्रकै लागि खतरा भएको बताउँदै आउनु भएका प्रधानमन्त्री देउवाले पुनः कम्युनिष्ट गठवन्धन मुलुक र लोकतन्त्रका लागि खतरा भएको औंल्याउनु भएको छ । चुनावी अभियानकाक्रममा शनिवार ताप्लेजुङ, पाँचथर र सोलुखुम्बु पुग्नु भएका प्रधानमन्त्री देउवाले कम्युनिष्ट भनेकै लोकतन्त्र बिरोधी चरित्र भएको उल्लेख गर्नुभयो ।

ताप्लेजुङबाट कांग्रेसको चुनावी अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले नेपालका कम्युनिष् लोकतन्त्र, जनता र संघीयताको बिरुद्धमा उत्रिएको आरोप लगाउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,–‘लोकतन्त्रमा मात्र जनता मालिक हुने, बोल्न लेख्न पाउने र डरत्रासको शासन हुँदैन कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन् ।’

एमाले र माओवादीको गठबन्धन प्रजातन्त्र कमजोर गर्ने षड्यन्त्रका रुपमा आएको बताउँदै उहाँले कांग्रेस जिते मात्र लोकतन्त्र बलियो हुने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.